Monday, June 21, 2010

अन्तर्वार्ता

खासै चमत्कार गरेँ

                  जस्तो त लाग्दैन
भूटानी शरणार्थी शिविर अन्तर्गत शनिश्चरे क्याम्पको न्यू होराइजन एकाडेमीका सेकेन्डरी इाचार्ज एवं भूटानी युवाहरुमा कुशल व्यक्तित्वका धरोहरा शिक्षक डी।बी। भट्टराईसँग प्रतीतले गरेको भलाकुसारी

दिन कसरी बिताउँदै हुनुहुन्छ ?
- रमाइलो छ । धमाधम पठन पाठनलाई अघि
 बढाउनॆ क्रममा छु ।
न्यू होराइजन एकाडेमी अन्तर्गत सेकेन्डरी स्कूलमा इाचार्ज रहेर काम गरिरहनु भएको छ कस्तो लाग्छ ? - ठिकै लाग्छ । मलाई यो सेकेन्डरीको सम्पूर्ण जिम्मा दिएकोमा म कारितास र प्रधानाध्यापकलाई धन्यवाद दिन्छु । म यो जिम्मेवारी अवश्य पनि पूरा गर्नेछु ।


तपाईले विद्यालयको चमत्कारी हिसावले चौतर्फी विकास गरिरहनु भएको छ भन्ने सुनिन्छ त्यो कस्तो चम्कार हो ? - विद्यालय साचालन गर्ने तरिका आ-आफ्नो हुन्छ । खासै त्यस्तो चमत्कार त गरे जस्तो लाग्दैन । परन्तु केही परिवर्तन गर्नुपर्छ भन्ने सोच छ ।


तपाई एउटा क्याम्पको वुद्धिजिवी युवा शिक्षक भएको नाताले अब हाम्रो डामाडोल अवस्थातिर ढल्किएको शिक्षालाई कसरी सही ठाउँमा ल्याउन सकिएला ? - यस विषयमा एकपल्ट पुनः सबै क्षेत्रबाट प्रचार गरेर हेरौं । कतै सुधार गर्न सकिन्छ कि भन्ने आशा हो । जानेहरु भएता पनि बस्नका लागि त गुणस्तरमा सुधार ल्याउनु पर्छ भन्ने मेरो धारणा पनि हो ।


आज विभिन्न कारणले भूटानी शरणार्थी विद्यार्थीहरुको शैक्षिक स्तर घट्दो छ । यसको दोष नैतिक हिसावले शिक्षकले लिनुपर्छ या अरुले…
 यसको दोष भनेको कुनै शिक्षक अन्य व्यक्तिले लिनु भन्दा पनि हालको परिस्थितिले गर्दा नै यो अवस्थाको सृजना भएको जस्तो लाग्छ ।
वर्तमान अवस्थामा युवाहरुमा देख्नुभएको समस्या के हो जस्तो लाग्छ ?

- वर्तमान युवाहरुले आफ्नो कर्तव्य त भुलेको नभनौ तर पढाईप्रति रुचि कम भएको र बढी जस्तो मद्यपान धुम्रपान जस्तो कुरामा लागू भएको देखिन्छ ।
अन्त्यमा …
- भूटानी माझ अहिलेसम्म जिवित रहन सफल एक मात्र पत्रिका प्रतीतलाई मेरो कुराहरु अटाएकोमा
धन्यवाद । आउँदा दिनहरुमा विद्यार्थीहरुको शैक्षिक सुधार र व्यक्तिगत व्यवहारमा परिवर्तन आउन सकोस् । धन्यवाद ।

No comments:

Post a Comment