Saturday, May 8, 2010

शिविरमा आगलागी

भूटानी शरणार्थी शिविर बेलडागी १ अन्र्तगत सेक्टर ए÷२ छाप्रा नं। २०२ बस्ने पदम लाल विश्वको घरबाट शुत्रबार साझँ ६ः१५ तिर एकाशि निस्केको आगोले करिबन २१ छाप्रा नष्ट १३ भत्काएको ५ र साधरण भत्काएको ३ जलेर र भत्काएर नष्ट भएको क्याम्प ब्यवस्थापन समितीले जानकारी दिएको छ ।

अग्नीपिडीत शरणार्थीलाई तत्कालका लागि गि्रन भेल एकडमी विद्यलयमा शरण गराएको र उनीहरुलाई चाहिन आवश्यक बस्तु जस्तै खाजामा-केरा ४०० रोटी ७०० पिस चिनी दध र रातीको लागि आकश्मीक बत्ती आदि कारिता नेपालले दिएको कारितस नेपालका प्रमुख फदर अमलराज एस।जेले जानकारी दिनु भएको छ ।

Saturday, May 1, 2010

YFC Observe the International workers days

 भुटानी शरणार्थीको शैक्षिक सहयोगमा संलग्न कारितास अन्र्तगतको युवा मैत्री केन्द्रले अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर पैतीस जनालाई सम्मान गरेको छ ।

आज झापाको दमक स्थित कारितास नेपालको कार्यालयमा भएको कार्यक्रममा चौध जना शिविरका दिवा र रात्री पहरेदार चौध जना सल्लाहकार र सातै शिविरका संयोजक सम्मान गरिएको हो ।