Sunday, November 1, 2009

उद्घोषण तालिम

Prateeteditor
भूटानी शरणार्थी शिविर शनिश्चरे अर्न्तगत यूवा मैत्री केन्द्रले ६ दिने आधारभूत उद्घोषण तालिम सञ्चालन गरेको छ ।
तालिममा शरणार्थी प्रभावित क्षेत्रका विभिन्न समूहमा संलग्न यूवा र शरणार्थी शिविर भित्रका यूवा गरि करिवन ५८ जानको सहभागि मैत्री केन्द्रका संयोजक प्रेम धितालले बताउनु भयो ।
तालिमलाई प्रशिक्षण नारद तिम्सिना, कमल प्रधान र दधिराम अन्तिमले दिनु भएको थियो । उद्घोषण तालिम लगायत अन्य तालिमबाट शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रमा रहेका यूवाविच सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्य रहेको मैत्री केन्द्रका सहसंयोजक मनोरथ पोख्रेलले तालिमको उद्घाटन सत्रमा महन्त्वय राख्नु भएको थियो ।
उक्त तालिममा रेडियो सम्बन्धि, मञ्च तथा रंगमञ्च सम्बन्धि र जनमानसका अगाडि कसरी उद्घोषण गर्न सकिन्छ भन्नेबारेमा तालिम दिइरहेको धितालले जानकारी दिएका छन् ।
तालिम कारितास नेपालको सहयोगमा सञ्चालन भइरहेको छ ।

No comments:

Post a Comment